सुनको भाउ आज सामान्य घट्यो

सुनको भाउ आज सामान्य घट्यो

काठमाण्डौ । सुनको भाउ आज सामान्य घटेको छ । हिजो तोलामा झण्डै तीन हजार रुपैयाँले बढेको सुनको भाउ आज भने सात सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा १ लाख १२ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा सुनको भाउ एक लाख १३ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलाको एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।