प्रधानमन्त्री प्रचण्डद्वारा एक क्याम्पसको भवन शिलान्यास

प्रधानमन्त्री प्रचण्डद्वारा एक क्याम्पसको भवन शिलान्यास

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गरेका छन् ।

सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आव २०६०-०६१ को अनुदान कार्यक्रमअन्तर्गत प्राप्त अनुदानबाट निर्माण हुनेछ ।

समाजवादी मोर्चाको धनगढी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री प्रचण्डले  शिलन्यास गरेका छन् ।