सुनको भाउ चार सय रुपैयाँले घट्यो

सुनको भाउ चार सय रुपैयाँले घट्यो

कठमाण्डौ । सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा सात सय रुपैयाँले घटेको सुनको भाउ आज चार सय रुपैयाँले घटेको हो ।

आज सुनको भाउ तोलामा १ लाख ११ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।