इजराइलबाट भारतले १८ नेपालीसहित २८६ जना ल्याउँदै

इजराइलबाट भारतले १८ नेपालीसहित २८६ जना ल्याउँदै

काठमाडौँ । भारतले  इजराइलबाट आफ्ना २८६ जना नागरिकलाई स्वदेश ल्याउँदैछ । त्यसमध्ये १८ जना नेपाली पनि रहेको बताइएको छ ।

भारतका विदेश मन्त्री डा.एस.जयशंकरका अनुसार इजराइबाट आउने २८६ जनामध्ये १८ जना नेपाली रहेका छन् । भारतले इजराइलबाट आफ्ना नागरिक फर्काउनका लागि ‘अप्रेसन अजय’ सुरु गरेको छ ।

सोही अप्रेसन अन्तर्गत भारतले आफ्ना नागरिकलाई धमाधम ल्याइरहेको छ । अक्टुबर १३ मा पहिलो पटक भारतले २११ जना नागरिकलाई ल्याएको थियो । भारतीय सञ्चारमध्यमका अनुसार इजाराइलमा १८ जना भारतीय स्थायी रुपमा बस्छन् ।