रातको समयमा धेरै खुट्टा दुख्नुका ५ कारण थाहा पाउनुहोस्

रातको समयमा धेरै खुट्टा दुख्नुका ५ कारण थाहा पाउनुहोस्

एजेन्सी । थकान, कमजोरी, अत्यधिक शारीरिक श्रम वा कुनै विमारीका कारण खुट्टामा दुखाई हुनु सामान्य हो । तर कतिपय व्यक्तिलाई यो एकदमै समस्याको विषय पनि भइरहेको हुन्छ । लामो समय हुने दुखाईहरु गम्भीर प्रकारका पनि हुन सक्छन् । यदी तपाईंलाई पनि हिजोआज खुट्टामा दुखाईको समस्या भइरहेको छ र यो निको नै भइरहेको छैन भने सबैभन्दा पहिला यसको पछाडिको कारण जान्न जरुरी हुन्छ ।

१. प्लेन्टर फेसिसीटिज
खुट्टाको अगाडिको भागदेखि कुर्कुचासम्म जाने तन्तुलाई प्लेन्टर फेसिसीटिज भनिन्छ । जब यसमा दबाव पर्छ तब खुट्टा सुन्निने तथा दुख्ने समस्या हुन्छ । प्लेन्टर फेसिसीटिज कुर्कुचा दुख्ने सबैभन्दा सामान्य समस्या मध्ये एक हो । यदी तपाईंलाई प्रायः कुर्कुच्चामा दुखाइ हुन्छ भने, तपाईंको प्लेन्टर फेसिसीटिजमा कुनै प्रकारको दवाव हुनु सक्छ । यो दुखाई मोटोपन र लामो समयसम्म उभिने कारणले पनि हुन सक्छ । यस्तो दुखाई सुतेर उठ्दा बढी अनुभव हुन्छ ।

२. मोर्टन न्यूरोमा
यो एउटा पिडादायी अवस्था हो । यसले गर्दा नसाहरुमा जलन तथा कडा खालको दुखाई हुन्छ । यस्तो पीडा कहिलेकाँही दिन र रात जतिबेला पनि हुने गर्दछ । विशेष गरी जब तपाईं हिड्नुहुन्छ वा खुट्टामा धेरै दवाब पर्ने काम गर्नुहुन्छ यो दुखाई शुरु हुन्छ ।

३. नसामा दवाव
तपाईंको घुँडाको नसामा दबाब छ भने पनि यसले टार्सल टनेल सिन्ड्रोम निम्त्याउँछ । कम्मरको छेउमा रहेको साइयाटिक नर्भमा दबावका कारण पनि खुट्टामा दुखाई हुन सक्छ । यी दुबै अवस्थामा नसामा दबाव पर्दा रातको समयमा धेरै पिडा हुने गर्दछ ।

४. गलत तरिकाले उठबस
खुट्टा दुख्ने धेरै सामान्य कारणहरु पनि छन् जस्तो तपाईं कसरी बस्नुहुन्छ र कस्तो जुत्ता लगाउनुहुन्छ । लामो समयसम्म बस्ने वा उभिने, हिँड्ने वा दौडिने गर्दा पनि खुट्टा दुख्ने समस्या हुन्छ । जुन दुखाई औषधी खाँदा वा व्यायाम गरेर पनि निको हुन सक्छ ।

५. खुट्टाको बनावट
कतिपयलाई खुट्टाको बनावटका कारणले पनि रातमा दुखाई हुने गर्दछ । खुट्टाको पैतला एकदमै चेप्टो वा समतल भएको व्यक्तिलाई खुट्टा वा कुर्कुच्चाको दुखाई धेरै हुने गर्दछ ।

खुट्टामा हुने दुखाई धेरै प्रकारका हुने गर्दछन् । त्यसैले तपाईंको पनि यी मध्ये कस्तो खालको दुखाई हो त्यो पहिचान गर्न एकदमै आवश्यक हुन्छ । जसअनुसार तपाईंले आफ्नो दुखाईको उपचार गर्न सक्नुहुन्छ ।