नेश्नल लाईफ ईन्स्योरेन्सद्वारा भूकम्पवाट भत्किएको बालविकासलाई सहयोग

नेश्नल लाईफ ईन्स्योरेन्सद्वारा भूकम्पवाट भत्किएको बालविकासलाई सहयोग

बझाङ । भूकम्पवाट वढी क्षति भयको बझाङको जयपृथ्वी नगरपालिका ४ गोलाईको बाल विकास माविलाई नेश्नल लाईफ ईन्स्योरेन्स कम्पनिले पुस्तकालय भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

विधालयमा शुक्रवार एक कार्यक्रमको आयोजना गरि ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेश प्रशाद खत्रीले विद्यालयलाई ८ लाख ५१ हजारको चेक हस्तान्तरण गर्नु भएको हो ।

भूकम्पले भत्काएको विद्यालयमा केहि हद सम्म भय पनि पुनर्निर्माणमा सहयोग पुगाउने उध्येस्यले कम्पनिको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सो रकम हस्तान्तरण गरिएको प्रमुख कार्यकारी अधिकृत खत्रीले वताए। बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० चैनपुर जन्मथलो भएका खत्री आफै विद्यालयमा पुगेर रकम हस्तान्तरण गर्नु भएको थियो । उनी पुर्व भूमिसुधार मन्त्रालयका सचिव विष्णु प्रशाद खत्रीका छोरा हुनुहुन्छ ।  कार्यक्रममा वोल्दै खत्रीले भूकम्पले क्षतिग्रस्त वनाएको आफ्नो गाउठाउमा सॅस्थागत रुपमा केहि मात्रामा भय पनि सहयोग गर्न पाउदा खुसी लागेको बताए। विधालयलाई प्रदान गरिएको आर्थिक  सहयोगवाट एक कोठे पुस्तकालय निर्माण गरिने विधालयका प्रधानाध्यापक केशवहादुर खातीले वताए । गत असोज १६ गते आएको भूकम्पले बाल विकास माविको भवन भत्काएर वस्न नमिल्ने अवस्थामा रहे पछी पठनपाठनमा समस्या भयको विधालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन वहादुर खातीको सभापतित्वमा सम्पन्न भयको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज वजाल रहनुभएको थियो । कार्यक्रममा वोल्दै नगरप्रमुख बजालले बिधालयका भवनहरु भत्केर केटाकेटीलाई वस्न असहज भयको अवस्थामा खत्रीले गर्नु भएको सहयोगको स्रहाना गरे। उनले पुराना भवनहरु हुदा क्षति बढी हुने गरेकाले अव नगरपालिका भित्र बन्ने भवनमा कडाईका साथ भवन निर्माण सॅहिता लागु गराउने वताउए। विद्यालयका प्रधानाध्यापक केश वहादुर खातीले स्वागत मन्तव्य व्यक्त गर्नु भयको कार्यक्रमको सॅचालन नरेन्द्र उपाध्यायले गरेका थिए। 

कार्यक्रममा नेपाल सरकारका सहसचिव तथा ईन्जिनियर तिरेश प्रशाद खत्री, नगरपालिका वडा नॅ ४ का अध्यक्ष ईश्वर खाती, नगरपालिकाका शिक्षा अधिकृत निरजप्रशाद रेग्मी, आन्तरिक लेखा परिक्षण अधिकृत लालवहादुर खाती, पुर्व उपसचिव गौरीलाल उपाध्याय, शिक्षक, अविभावक संघका अध्यक्ष शिव विष्ट,ईन्स्योरेन्सका बझाङ शाखा प्रमुख बसन्त खत्री लगाएत विधार्थी तथा अविभावकको उपस्थिति रहेको थियो । 

उक्त अवसरमा विधालयले इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शुरेश प्रसाद खत्रीलाई सम्मान पत्र समेत प्रदान गरेको शिक्षक नरेन्द्र उपाध्यायले जानकारी दिए।