मधुमेहमा खुट्टाको सफाई किन हुन्छ जरुरी ?

मधुमेहमा खुट्टाको सफाई किन हुन्छ जरुरी ?

एजेन्सी । अहिलेको समयमा मधुमेहको समस्या एकदमै आम भइसकेको छ । हरेक घरमा मधुमेहको बिरामी भेटिन थालेको छ । मधुमेहका बिरामीले धेरै सावधानी अपनाउनुपर्ने हुन्छ ।

उनीहरुलाई खुट्टाको स्वास्थ्यको पनि विशेष ख्याल राख्ने सल्लाह दिइन्छ । यसको पछाडि कारण छ, मधुमेहमा रगतमा चिनीको मात्रा बढ्नाले सुस्त-सुस्त नर्वहरु ड्यामेज हुन थाल्छन् । यसले रक्तसञ्चार राम्रोसँग नहुन सक्छ ।

यस्तो स्थितिमा खुट्टा सुन्निने तथा हिँडडुल गर्न पनि समस्या हुन सक्छ । जसका कारण खुट्टाको राम्रोसँग हेरबिचार गर्नु आवस्यक हुन्छ । किनकी सही रेखदेख नहुँदा सानो इन्फेक्शन पनि ठूलो हुन सक्छ ।

खुट्टाको रेखदेख कसरी गर्ने ?

मधुमेहका बिरामीले आफ्ना खुट्टा दैनिक रुपमा हेर्नुपर्छ कहीँ कतै खुट्टामा चोट वा घाउ त भएको छैन रु कहिलेकाँही संक्रमणले गर्दा खुट्टामा साना साना दाना आउन सक्छन् जसबाट बेलैमा जोगिनका लागि सरसफाईको आवश्यकता पर्दछ ।

मधुमेहका बिरामीले मनतातो पानीमा ढिका नुन राखेर, त्यसमा खुट्टालाई भिजाएर राख्दा राम्रो हुन्छ । यसले खुट्टा सजिलै सफा हुन्छन् । साथमा कुनै प्रकारको संक्रमण हुने डर पनि हुँदैन ।

मधुमेहका बिरामीले खुट्टामा यदि कुनै पनि चोट वा संक्रमण भइहाल्यो भने पनि तुरुन्त डाक्टरलाई देखाउनुपर्छ ।