आजको मौसम: उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

आजको मौसम: उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । अहिले देशका केही पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम सफा रहने विभागको अनुमान छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने विभागले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।