जाडोमा नरिवलको तेल लगाउँदा के छन् फाइदा ?

जाडोमा नरिवलको तेल लगाउँदा के छन् फाइदा ?

एजेन्सी । कपाल, अनुहार तथा शरीरको अन्य भागमा नरिवलको तेलको प्रयोग एकदमै फाइदाजनक छ । विशेषगरी जाडो मौसममा अनुहार एकदमै सुख्खा हुने समस्यामा नरिवलको तेल रामवाण सावित हुन्छ । जाडोमा अनुहारमा नरिवलको तेल नियमित लगाउँदा छाला चम्किलो हुनुका साथसाथै अन्य दागहरु पनि आउन दिँदैन । नरिवलको तेल प्राय हरेकको घरमा सजिलै पाउन सकिन्छ । 

जानौं जाडो मौसममा अनुहारमा नरिवलको तेल लगाउँदाका फाइदाहरु-

अनुहारमा नरिवलको तेल लगाएर मालिस गर्दा छाला सुख्खा हुनबाट जोगिन्छ । जाडोमा कैयौंपटक छाला फुटेर अनुहार फोहोर तथा नराम्रो देखिन्छ यस्तोमा नरिवलको तेल एकदमै फाइदाजनक हुन्छ ।

जाडोमा नरिवलको तेल अनुहारमा लगाउँदा अनुहारमा देखिएका साना साना दागधब्बाहरु सजिलै हराउँदै जान्छ । अनुहारका दागधब्बा हटाउनका लागि सुत्नुअगाडि सफासँग अनुहार धोएर तेलले मसाज गर्नुहोस् ।

नरिवलको तेल प्रयोग गर्दा छाला प्राकृतिक रंगभन्दा नै गोरो हुने त हुँदैन । तर घाम तथा अन्य प्रदुषणबाट जलेको छालालाई पुनः प्राकृतिक रंगमा ल्याउन पनि नरिवलको तेलले एकदमै फाइदा गर्छ ।

यदी तपाईं आफ्नो छाला प्राकृतिक रुपबाटै सुन्दर र चम्किलो बनाउन चाहनुहुन्छ भने नरिवलको तेल अवस्य प्रयोग गर्नुहोस् ।

अनुहारमा नियमित नरिवलको तेलको प्रयोगले चाउरीपन हट्दै जान्छ । नरिवलमा पाइने एन्टीएजिङ गुणले चाउरीपना हटाउन मद्दत गर्छ । सुत्नुअघि नरिवल तेलले हल्का रुपमा मालिस गर्दा चाउरीपन आउन दिँदैन ।