गौरा पर्व (भदौ की गोरा )
नमस्कार ! अनि स्वागत
गौरा पर्व माता पार्वती को पूजा आराधना गरी मनाइन्छ । समुदाय मिलेर यो पर्व मनाइन्छ । पुरुष हरुको जनै धारण गर्न ब्रतबन्ध गरिन्छ भने महिलाहरुको घाटीमा( दुईधागो)अर्थात् रातो धागोको डोरी धारण गर्न गौरा पर्व को महत्व छ।
घाटीमा डोरी बाधेपछी महिलाहरुले पनि गायत्री जप्न पाउछन् । यो पर्व द्वारा महिलाहरुको ब्रतबन्ध गरेको मानिन्छ ।
१• पुत्रदा एकादशी (गौरे एकदशी):
पुत्रदा एकादशी को दिनबाट गौरा पर्व सुरु हुन्छ । खासीगरी यो व्रत सबैले बस्नुपर्छ ।
बिषेश गरी यो ब्रत गौरा पर्व मनाउने महिलाहरुले बस्ने गर्छन् । किनभने महिलाहरुले भाद्र अष्टमी को दिनमा घाटीमा (दुई धागो)डोरी बाँधेर आफ्नो ब्रतबन्ध गरेको मान्छन् । शुक्ल पक्षमा भए उज्याली गौरा र कृष्ण पक्षमा भए अन्यारी गौरा भनिन्छ ।
२• रक्षाबन्धन (खलो छुने पुर्णिमा ):
यसलाई जनैपुर्णिमा पनि भनिन्छ यसदिन पुरुषहरु ले नया जनै धारण गर्छन् र हातमा रक्षा पनि बाधिन्छ । यसै गरी देशभरी मै यो दिनमा भाईको हातमा बहिनी ले राखी बाध्ने चलन पनि छ। गौरा पर्व मनाउने हरुले यसै दिनको रातमा जहा गौरा देवी अर्थात् भगवान शिव की अर्धाङ्गिनी माता पार्वती को मुर्ति स्थापना गरिन्छ त्यस स्थानमा अर्थात् देउघरमा (देवताको आराधना गर्ने घरमा ) गएर मालिका माताको ढुस्को खेल्ने चलन छ । ढोलक बजाएर गोलो पङ्क्ति मा उभिएर मालिका माता को ढुस्को गाउछन् यस्तै क्रम षष्ठी सम्म चलिरहन्छ ।
३• बिरुडा पञ्चमी :
यसदिन महिलाहरुले बिरुडा भिजाउने गर्छन् । पाँच अन्नलाई बिरुडा भनिन्छ (केराउ, गहुँ, मास,गुरास , गहत ।) । एउटा तामाको भाडामा पाँच अन्न मिलाएर भिजायिन्छ । भिजाउने बेला महिलाहरुले गौरा देवी को सगुना गाएर भिजाउने गर्छन् ।
४•बिरुडा धुने षष्ठी :
यसदिन जलगौरा मनाइन्छ ।महिलाहरुले बिरुडा को भाडो टाउकोमा बोकेर पानी को धारामा लिएर जान्छन् । गौरा देवी को सगुना गाएर नै बिरुडा धुने पखाल्ने गर्छन् । सबै जना ले बिरुडा (धोइसकेपछी) पखाली सकेपछि पानी को छेउमा गौरा को मुर्ति स्थापना गर्छन् । गौरा को मुर्ति बनाउन ( धान को बोट, सौं को बोट र गोरे फूल ) जम्मा मिलाएर गाठो पारी रातो पहेंलो कपडा ले मुर्ति को
वरिपरी बेरेर राख्छन् । फेरि गौरा देवी को पूजा आराधना गर्छन् । त्यसपछि बिरुडा को भाडो आ-आफ्नो टाउको मा बोकेर घरमा जान्छन् र बिरुडा एक ठूलो पातमा फिजाएर राख्छन् ।
५• गौरा सप्तमी (भित्र गौरा ):
गौरा सप्तमी को दिन महिला हरु ब्रत बस्छन् । आफ्नो घाटीमा "सप्तन्ने" डोरी (एउटा धागो मा दुबो राखेर सात गाठो पारेर बनाएको डोरी ) धारण गर्छन् । फेरी नया ब्रतारी जसको पहिलो पटक घाटीमा (दुईधागो ) अर्थात् डोरी बाधिन्छ त्यस ब्रतालुले रात परेपछि गौरा देवी को मुर्ति स्थापना गर्न खेतबाट धानको बोट, सौं को बोट लिएर देउघर भित्र राख्छन् । अनि ब्राह्मण द्वारा पूर्बाङ्ग पूजा गरी गौरा को मुर्ति बाट अभिषेक गराउँछन् (दुईधागो )डोरी को अभिषेक गरेर जम्मै डोरी हरु गौरा देवी को मुर्ति वरिपरी बाधिदिन्छन् ।
६• गौरा अष्टमी (अठवाली)
अठवाली को दिनमा सबै मानिसहरू गौरा स्थापना गरेको देउघर आगनमा भेला हुन्छन् । महिलाहरुले गौरा देवी को मुर्ति भित्र बाट बाहिर आगनमा थाली (निगला बाट बनाएको नाङ्लो )माथि राखेर मुर्ति राखेको नाङ्लो वरिपरी गोलो घेरा मा उभिएर गौरा देवी को कथा सगुना गाएर भनि रहन्छन् अर्थात् अठवाली पारिरहन्छन् ।
पुरुष हरूले पनि गोलो घेरा बनाएर मालिका भगवती को ढुस्को धुमारी ढोलक बजाउदै गाउने गर्छन् ।
जब महिलाहरुले अठवाली अथवा गौरा देवी को कथा पुरा भनिसकेपछि महिलाहरुले आफ्नो घाँटीको पुरानो डोरी (दुईधागो ) झिकेर नया डोरी ( दुईधागो ) लगाउछन् ।
दमाहा बजाउछन् । महिला तथा पुरुष मिलेर ड्यौडा खेल्छन्।
जति दिन फुर्सद छ त्यति दिन ड्यौडा दोहोरी खेल्छन् धेरै रमाइलो गर्ने गर्दछन् ।
फेरि कुनै राम्रो साइत हेरेर गौरा देवी को मुर्ति लाइ बाजागाजासहित भएर नाच्दै गाउदै र महिलाहरुले सगुना गाउदै देउघर भन्दा अलि टाढा लगेर मुर्ति लाइ राख्छन् अर्थात् सेलाउछन् ।
लेखक :श्री पदम राज भट्ट
(बैतडी )
डिलासैनी गाउॅपालीका ७
खेतागाऊॅ (बनुल्वाॅ )
::: :::: ।।अस्तु ।।:::::::
धन्यवाद!