धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्नेच्युडको भूकम्प

धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्नेच्युडको भूकम्प

काठमाडौँ । धादिङ केन्द्र भएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्र भएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको हो । 

भूकम्पको काठमाडौँलगायत आसपासका जिल्लामा पनि धक्का महसुस गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए ।

भूकम्पबाट क्षति भएरनभएको बारे विस्तृत विवरण आउन बाँकी छ ।