खोलामा बगेर बालकको मृत्यु

खोलामा बगेर बालकको मृत्यु

बझाङ । बझाङमा खोलामा बगेर एक बालकको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका–४ का जोगेन्द्र रोकायाका ६ वर्षीय छोरा विवेक रोकायाको खोलामा बगेर मृत्यु भएको हो ।

मंगलवार दिउँसो ३ बजे उनी ११ वर्षीय दाइसँगै खोला तर्न खोज्दा बगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनी बगेको केहीबेरमा नै मृत्यु भएको बताइएको छ ।