दशैँ शुरु भएदेखि थारू बस्तीमा सखिया नृत्यको रौनकता

दशैँ शुरु भएदेखि थारू बस्तीमा सखिया नृत्यको रौनकता

काठमाण्डौ । दशैँ शुरु भएदेखि थारू बस्तीमा सखिया नृत्यको रौनकता छ । बिहानदेखि बेलुका अबेरसम्मै मादलको तालमा महिला नाच्नछन् ।ब

कृष्णाष्टमीदेखि शुरु हुने सखिया नृत्य दशैँसम्म नाचिन्छ । यसमा पुरुषले मादल बजाउँछन् । जसलाई थारु भाषामा मदलिया भनिन्छन् । अंगिया, चोली र फरियामा सजिएका महिलाहरु हातमा मिजरा समातेर नाच्ने गर्छन् । मादलको तालमा नाच्दै मिजरा पनि बजाउँछन्  ।

थारु समुदायका अगुवा बलबहादुर डगौँराका अनुसार कृष्णाष्टमीपछि थारु समुदायमा खेतीपातीमा रोग किरा नलागोस् भनेर हरेरी गुरेरी पूजा गरिन्छ । त्यतिबेला नाङ्गो खुट्टाले आगो निभाइन्छ । त्यही बेलादेखि सखिया नृत्य शुरू हुन्छ ।

बर्खामा खेतीपातीको काम सकेर थकान मेट्ने माध्यमका रुपमा पनि सखिया नृत्यलाई लिइन्छ । सखियामा कृष्णलीला गाइन्छ । तर अचेल कृष्णलीला गाउनेहरु नै कम भएको थारु समुदायका अगुवाहरु बताउँछन् । अहिले टुक्राटुक्रामा विभिन्न खालका गीतहरु जोडेर पनि गाउने गरिन्छ ।