बैतडी मासुमा आत्मनिर्भर

बैतडी मासुमा आत्मनिर्भर

बैतडी । बैतडी मासुमा आत्मनिर्भर जिल्ला रहेको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका अनुसार बैतडीबाट वार्षिक २४ सय मेट्रीक टन मासु निर्यात हुने गरेको छ ।

खसी, बोका, बाख्रा तथा रांगाको मासु निर्यात हुने गरेको हो । बैतडीमा ३ हजार ११ मेट्रीक टन मासु उत्पदान हुने गरेकोमा त्यसमध्ये ६ सय मेट्रीक टनमात्रै जिल्लामा खपत हुने गरेको छ भने बाँकी २४ सय मेट्रीक टन बाहिरिने गरेको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाटनका अधिकृत खडक सिंह भण्डारीले जानकारी दिए ।

जिल्लामा उत्पादान भइरहेको मासुको पूर्ण तथ्याङ्क संकलन गर्न नसकिएको भएपनि सबै निकायबाट गरिएको सर्वेक्षणका आधारमा जिल्ला मासुका लागि आत्मनिर्भर जिल्ला नै मानिएको विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए ।

तर, बोइलर कुखुरा भने बाह्य जिल्लाबाट आउने गरेको उनले बताए । व्यवसायिक रुपमा बाख्रा पालन तथा बंगुर पालन गर्ने किसान बढ्दै गएकाले मासु उत्पदानमा अझै वृद्धि हुने आंकलन गरिएको छ ।

तर, मौसमअनुकुल नभएका कारणले कुखुरा भने बाह्य जिल्लाबाट भित्रिने गरेका छन् ।