विपन्न परिवारलाई उपमहानगरले दाहंस्कार खर्च उपलब्ध गराउँदै, ३८ परिवारलाई १ लाख ९० हजार खर्च दियो

विपन्न परिवारलाई उपमहानगरले दाहंस्कार खर्च उपलब्ध गराउँदै, ३८ परिवारलाई १ लाख ९० हजार खर्च दियो

धनगढी । धनगढी उपमहानगरपालिकाले ३८ घरपरिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराएको छ। आर्थिक रुपमा विपन्न परिवारलाई उपमहानगरले दाहंस्कार खर्च उपलब्ध गराउँदै आएको छ।

यसअघि दाहसंस्कार वाफत प्रतिपरिवार पाँच हजार दिने निर्णय उपमहानगरको कार्यापालिका बैठकले गरेको थियो। सोहि निर्णयलाई कार्यान्वयन गर्दै गत महिनादेखि अहिलेसम्म गरी ३८ परिवारलाई एक लाख ९० हजार रुपैयाँ उपलब्ध गराइसकेको उपमहानगरको तथ्यांकले देखाएको छ। उपमहानगरपालिकाले विपन्न नागरिकको अन्तिम संस्कारका लागि निःशुल्क शववाहन सेवा पनि उपलब्ध गराउँदै आएको छ।

उपमहानगरले विपन्न नागरिकको मृत्यु हुँदा दाउराका लागि पाँच हजार रकम सहयोग गर्नुका साथै उपमहानगरको झण्डा ओडाएर नगर प्रहरीले सलामी समेत दिने गरेको छ। सोमबार मात्रै धनगढी–९ का दिलबहादुर पार्कीको निधन भएको थियो। उपमहानगरले उनका परिवारलाई सलामीसहित पाँच हजार नगद हस्तान्तरण गरेको छ।

उपमहानगरभित्र कार्यरत नगर प्रहरीले स्वर्गीय पार्कीको शवलाई सलामी दिँदै उनको परिवारलाई पाँच हजार रुपैँया हस्तान्तरण गरेको हो। देहावसानपछि दाउरामा दाहसंस्कार गर्न आर्थिक रुपमा विपन्न परिवारलाई उपमहानगरले सहयोग गर्दै आएको छ। उपमहानगरपालिकाले अहिलेसम्म ३८ परिवारलाई रकम उपलब्ध गराएको नगर प्रहरी प्रमुख भुपेन्द्र खड्काले बताए। उनका अनुसार सोमवारसम्म एक लाख ९० हजार रुपैयाँ दाहसंस्कार खर्च वाफत परिवारका सदस्यलाई हस्तान्तरण गरिएको छ।

नगरभित्र कसैको मृत्यु भए दाहसंस्कार खर्च सेवा लिन दाहसंस्कार पूर्व नै नगर प्रहरीलाई टोल फ्रि नम्बर मार्फत जानकारी गराउनुपर्ने खड्काले बताए। खबर आइसकेपछि नगर प्रहरी घरमै पुगेर यस्तो सहयोग उपलब्ध गराउँदै आएको छ। धनगढी उपमहानगरले अहिलेसम्म धनगढी–१२ का स्वर्गीय रामसिंह रावत, धनगढी–१३ कैलाली गाउँका श्रीराम चौधरी, धनगढी–१० घुयाघाटका नन्द रानीदेवी राना, धनगढी–११ जोकैयाका दीर्घबहादुर नेगी, धनगढी–७ पटेलाका नानूराम चौधरी, धनगढी–१ का लोकबहादुर नेपाली, धनगढी–६ का अंकालु डगौरा थारू, धनगढी–११ बासखेडाका कुईक्या डगौरा तथा धनगढी–१८ का बुझन चौधरीको निधन भएपछि उनका परिवारलाई उपमहानगरले दाहसंस्कार खर्च उपलब्ध गराएको हो।

त्यस्तै धनगढी–१२ का स्वर्गीय फुलराम डगौरा, धनगढी–१ शान्तिनगरकी गौरीशंकर कठायत, धनगढी–१५ का सन्तराम राना, धनगढी–१६ का कालीराम बिष्ट, धनगढी–१२ की मिनादेवी रोकाया, धनगढी–९ का दिलबहादुर पार्की, धनगढी–७ आशानगरका काले तिरूवा, धनगढी–१२ का रामसिंह रावत, धनगढी–१३ कैलाली गाउँका श्रीराम चौधरी, धनगढी–१० घुयाघाटकी नन्द रानीदेवी राना, तथा धनगढी–११ जोकैयाका दीर्घबहादुर नेगीको निधन भएपछि उनका परिवारलाई समेत दाहसंस्कार खर्च उपमलब्ध गराइएको पाइएको छ।

त्यस्तै धनगढी–७ पटेलाका नानूराम चौधरी, धनगढी–१ का लोकबहादुर नेपाली, धनगढी–६ का अंकालु डगौरा थारू, धनगढी–११ बासखेडाका कुईक्या डगौरा, धनगढी–१८ का बुझन चौधरी, धनगढी–१२ का फुलराम डगौरा, धनगढी–१ शान्तिनगर गौरीशंकर कठायत, धनगढी–१५ का सन्तराम राना, धनगढी–१६ का कालीराम बिष्ट, धनगढी–१२ की मिनादेवी रोकाया, धनगढी–४ का हरिशंकर अवस्थी, धनगढी–९ का नरबहादुर भण्डारी, धनगढी–७ आशानगरका काले तिरूवा तथा धनगढी–९ का दिलबहादुर पार्कीको देहावसान भएपछि उपमहानगरले दाहसंस्कार खर्च उपलब्ध गराएको हो।