बैतडीकी बेपत्ता युवती अझै सम्पर्क विहिन

बैतडीकी बेपत्ता युवती अझै सम्पर्क विहिन

बैतडी । बैतडीकी एक युवती २ साता देखि सम्पर्क विहिन भएपछि परिवार चिन्तामा छ ।

गत असोज २५ गते देखि सम्पर्क विहिन भएकी सुर्नया गाउँपालिका ८ दोराकी २० बर्षीया कल्पना महरा २ साता वितिसक्दा पनि सम्पर्कमा आएकी छैनन् । घर नजिकैको खरबारिमा गोरु चराउन गोठालो गएकी कल्पनाको अहिले सम्म अत्तोपत्तो नलागेको आफन्त मान बहादुर बोहराले जानकारी दिए । कल्पना हराएपछि सबै ठाउँमा सोधखोज गर्दा पनि फेला नपरेकी उनको भनाई छ ।

आफन्तहरुका अनुसार कल्पनामा कहिलेकाँही मुर्छा पर्ने र बेहोस हुने लक्षण समेत देखिने गरेको थिए । कल्पना बेपत्ता भएपछि आफन्तहरुले प्रहरीमा समेत निवेदन दिएका थिए । यता प्रहरीले पनि खोजतलास गर्दा कल्पना कतै नभेटिएकी र अहिले पनि खोजि कार्य जारी रहेको जनाएको छ ।

गहुँगोरो वर्ण,कालो सुरुवाल र सेतो बुट्टा भएको सुट लगाएकी उनलाई कतै भेट नजिकको प्रहरीमा खबर गरिदिन आग्रह गरिएको छ ।