टीकाले छालामा हुने एलर्जीबाट कसरी जोगिने ?

टीकाले छालामा हुने एलर्जीबाट कसरी जोगिने ?

विजयदशमी अर्थात् टिकाको दिन धेरै जना टिको लगाउन गर्छन । निधारमा लगाएको टिकोले एलर्जी पनि हुने गरेको छ । टिको लगाइसकेपछि छालालाई छालाको एलर्जी हुनेले कसरी बच्ने ? थाहा पाउनुहोस् ।

छालामा धेरै नै असर गर्ने भन्ने त होइन यसरी एकै पटक लगाउँदा पनि केही हुँदैन । तर समय दिँदै लगाउँदा छालामा राम्रोसँग मिल्न पाउँछ । एकै पटक लगाउँदा मयलजस्तो भएर जान्छ ।

टिको लगाउँदा कतिपयले अबिर मिसाएर लगाउँछन् । अबिर पनि धेरै प्रकारको आउँछ । कुनै केमिकल भएको हुन्छ । त्यसैले कसैलाई एलर्जी भएर तुरुन्तै फोका आउने र चिलाउने हुन्छ । कसैलाई भोलिपल्टसम्म राख्दा एलर्जी हुन्छ । त्यसैले आज लगाएको टिको भोलिपल्टसम्म नराखी बेलुका नै राम्ररी निधार सफा गर्नुपर्छ। 

सुख्खा छाला भएको व्यक्तिमा एलर्जी हुने सम्भावना बढी हुन्छ । किनभने सुख्खा छालाको माथिल्लो लेयरमा सेरामाईजहरु कम्पोनेन्टहरू हुन्छन्, त्यो कमी भएको कारणले एलर्जी हुने सम्भावना बढी हुन्छ । तर एलर्जी कसलाई बढी हुन्छ, अनुहार हेरेर भन्न सकिँदैन ।

टिकाको रंगहरु जबरजस्ती निकाल्न खोज्दा झन् छालामा इरिटेसन हुने र चिलाउने हुन्छ । त्यसैले आफ्नो फेसवासले जति जान्छ, त्यति मात्र गर्ने । त्यो दैनिक रूपमा धुँदा बिस्तारै पखालिँदै जान्छ । एक पटक सफा गर्दा नगए दुई पटकसम्म सफा गर्न सकिन्छ । तर धेरै नै एलर्जी भयो भने विशेषज्ञकोमा नै जानु पर्दछ ।

छालामा एलर्जी नहोस् भनेर के गर्न सकिन्छ ?
बिहान उठ्ने बित्तिकै राम्ररी मुख धुने र आफ्नो छाला अनुसारको सेरम लगाएर मोइस्चराइजर र सन क्रिम लगाउँदा तत्काल एलर्जी हुँदैन । त्यसैले सामान्य छालाको ख्याल गरियो भने तुरुन्तै एलर्जी हुँदैन । र आफूखुसी सेरम प्रयोग गर्नुभन्दा विशेषज्ञहरूको सल्लाह लिएर आफ्नो छालाको प्रकार थाहा पाउने र त्यही अनुसारको सेरम प्रयोग गर्नु पर्दछ । अरूले यो लगायो म पनि त्यही लगाउँछु भन्नु हुँदैन ।

साधारणतया छालामा समस्या आएका बिरामीहरू सोझै अस्पतालमा आउनुहुन्न । धेरै फार्मेसीमा गएर धेरै क्रिम लगाएर आउनुहुन्छ । जसका कारण छाला धेरै बिग्रिसकेको हुन्छ । त्यो उपचार गर्न हामीलाई पनि गाह्रो हुन्छ । त्यसैले जुन पायो त्यही क्रिम र मलमहरू लगाउनु हुँदैन । आजकल मान्छेहरूले बिहानदेखि बेलुकासम्म घरेलु केयर गर्नुहुन्छ । सुख्खा छाला छ भने बिहान उठेर फेसवासहरु प्रयोग गर्नुपर्छ । ओइली स्क्रिन छ भने त्यही अनुसारको फेसवास पाउँछ, त्यसैले फेसवास गरेपछि सेरम लगाएर मोइच्राइजर लगाउने र घर भित्र नै बसे पनि तीन घण्टाको फरकमा सनक्रिम लगाउँदा राम्रो हुन्छ । धेरै मेकअप गर्नु हुन्छ भने डबल क्लीङजीङ पनि गर्नुपर्दछ ।