अमेरिकामा अज्ञात बन्दुकधारीले गरे १६ को हत्या, ५० जना घाइते

अमेरिकामा अज्ञात बन्दुकधारीले गरे १६ को हत्या, ५० जना घाइते

काठमाडौँ । अमेरिकाको मेन राज्यस्थित ल्युस्टन शहरमा एक अज्ञात बन्दुकधारीको गोली प्रहारबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । बीबीसीका अनुसार ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन् । यस घटनामा अन्य ५० जना भने घाइते भएका छन् ।

बसोबासको हिसाबले मेन राज्यको दोस्रो ठूलो शहरमा भएको यो घटनामा बन्दुकधारीले विभिन्न स्थानमा गोली प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीले बन्दुकधारी पक्राउ नपरेसम्म त्यहाँका स्थानीयलाई सुरक्षित स्थानबाट बाहिर ननिस्कन समेत आग्रह गरिरहेको छ । 

प्रहरीले संदिग्धको दुईवटा तस्बिर सार्वजनिक गर्दै स्थानीयलाई पहिचानका लागि सहयोगको अनुरोध गरेको छ ।