‘झलक दिखला जा’ नयाँ संस्करण: मलाइकाले सबैभन्दा बढी फि लिने, अरुको कति छ ?

‘झलक दिखला जा’ नयाँ संस्करण: मलाइकाले सबैभन्दा बढी फि लिने, अरुको कति छ ?

काठमाडौँ । भारतीय सेलिब्रेटी रियालिटी शो ‘झलक दिखला जा’को नयाँ संस्करण आउने भएको छ । यो शो ११ औँ सिजन हो । यसमा फराह खान र मलाइका अरोरा जजका रूपमा देखिनेछन् । यस पटक अरशद वारसी पनि देखिँदैछन् ।

शोमा सबैभन्दा धेरै रकम मलाइका अरोराले लिनेछिन्। उनले एक एपिसोडका लागि करिब १५ लाख भारतीय रुपैयाँ लिइरहेको बताइएको छ । एक दिनको सुटको लागि भने उनको पारिश्रमिक करिब ३० लाख भारु छ ।

निर्माता यो शो करिब ३ महिनासम्म टेलिकाष्ट गर्ने योजनामा छन् । अर्थात् यो शो पूरै जज गर्दा मलाइकाले ३ करोड ६० लाख भारु पाउनेछिन् ।

अरशद वारसीले भने प्रति एपिसोड ८ लाख भारु लिने बताइएको छ । फराह खानले प्रति एपिसोड ५ लाख भारु फि लिइरहेकी छिन् ।