बैतडी बीपीएल क्रिकेटको उपाधि पञ्चकोटीलाई

बैतडी बीपीएल क्रिकेटको उपाधि पञ्चकोटीलाई

बैतडी । दोस्रो संस्करणको  बासुलिङ्ग प्रिमियर लिग (बीपीएल) क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका १०  रातामाटाको पञ्चकोटी क्रिकेट क्लबले जितेको छ । 

विजयादशमीको अवसरमा   बैतडीको सतबाँझमा बुधबार आयोजित  प्रतियोगिताको फाइनलमा आयोजक बासुलिङ्ग क्रिकेट क्लबलाई ३१ रनले  स्तब्ध पार्दै पञ्चकोटीले उपाधि हात पारेको हो। 

सुर्नया गाउँपालिका  २ स्थित सिद्धखाली खेलमैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको पञ्चकोटीले निर्धारित १५ ओभरमा ८ विकेट क्षतिमा  १६४ बनाएको थियो।

जवाफमा  आयोजक बासुलिङ्ग  १४ ओभरमा १३३ रनमा समेटिएको पञ्चकोटी क्रिकेट क्लवका अध्यक्ष उत्तम चन्दले जानकारी दिए। 

उपाधिसँगै  पञ्चकोटी क्रिकेट क्लबले ३५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पायो भने  बासुलिङ्ग क्रिकेट क्लवले  १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। 

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी म्यान बासुलिङ्ग क्रिकेट क्लबका आकाश चन्दले २ हजार ५ सय ट्रफि, मेडल र प्रमाणपत्र  पाए। खेलमा उत्कृष्ट  ब्याटसम्यान पञ्चकोटीका  अंशु  बुडाल र उत्कृष्ट बलर पञ्चकोटीकै  मुकेश थापा चुनिए।  दुवैलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो।

बासुलिङ्ग क्रिकेट क्लवको आयोजनामा  कात्तिक २ गतेसुरु भएको प्रतियोगितामा १६ टोलीको सहभागिता थियो।