डडेल्धुरामा एक पैदलयात्रीको मृत्यु

डडेल्धुरामा एक पैदलयात्रीको मृत्यु

डडेल्धुरा। डडेल्धुरामा एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका३ चम्कोट स्थित केआई सिंह राजमार्गमा सोही ठाँउका अन्दाजी ५५ वर्षीय राजु देउवाको मृत्यु भएको हो ।

हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट देउवाको बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको थियो ।

हाल फरार रहेको सवारी साधनको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।