प्रिमियर कप विजेता यू-१९ टोली स्वदेश फर्कियो

प्रिमियर कप विजेता यू-१९ टोली स्वदेश फर्कियो

काठमाडौं । एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फर्किएको छ। मलेसियामा भएको प्रतियोगितामा नेपाल फाइनल पुग्दै एसियाकपका लागि छनोट भएको थियो भने युएईलाई हराउँदै च्याम्पियन बनेको थियो।

यू-१९ टोली बिहीबार विहान काठमाडौं ओर्लिएको हो। क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का पदाधिकारीहरुले स्वागत गरेका थिए। विमानस्थलमा मुख्य प्रशिक्षक जगत टमाटाले खेलाडीको उत्कृष्ट प्रदर्शनले च्याम्पिय बनेको भन्दै उपाधिको मुख्य हकदार खेलाडीनै भएको बताए।

टमाटाले अहिलेको टोलीमा उत्कृष्ट खेलाडीहरु रहेको भन्दै उनीहरुको भविष्य राम्रो रहेको बताए। उनले उनले सनियर टोलीका लागि खेलाडीले आफूलाई तयार गरेको बताए। उनीहरुले गरेको प्रदर्शनका आधारमा आफ्नो भविष्यमा उम्दा संकेत छाडेको टमाटाको विश्वास छ।

उनले तिहार पछाडि सिनियर टिमसँग दुई/तीनवटा म्याच खेल्ने वा एक्सपोजरका लागि इन्डिया, बंगलादेश वा श्रीलंकासँग खेल्न सकिने गरी तयारी गर्नु पर्ने बताए।