बाथको दुखाइ छ भने प्रयोग गर्नुहोस् यस्ता जडीबुटी

बाथको दुखाइ छ भने प्रयोग गर्नुहोस् यस्ता जडीबुटी

एजेन्सी । मरौटी प्रायः नेपालको हरेक स्थानमा पाइन्छ । जसको विरुवा तथा जराहरूको प्रयोगले विभिन्न विमारीहरूको उपचार गर्न सकिन्छ । यसले बाथको दुखाइबाट पनि आराम दिन्छ ।

विस्तारमा जानौं यसका अन्य फाइदाहरूका बारे-

– यदि तपाईंलाई बाथको दुखाइ छ भने दैनिक बिहान मरौटीको धुलोलाई मनतातो पानीसँग पिउनुहोस् । दुखाई कम हुन्छ ।

– यसमा एन्टीब्याक्टेरियल गुण हुन्छ । त्यसैले ज्वरो कम गर्न पनि सहयोगी हुन्छ । डाक्टरले पनि सामान्य ज्वरोमा यसको धुलोको सेवन गर्न सल्लाह दिन्छन् ।

– यदि तपाईंलाई धेरै दिनसम्म सुक्खा खोकी लागिरहेको छ भने पनि मरौटीको धुलो खान सक्नुहुन्छ । यसमा थोरै मह र सुठो मिसाएर खानुहोस् सुख्खा खोकी कम हुन्छ ।

– त्यस्तै कहिलेकाहीँ बाडुल्की लागेर पनि समस्यामा पार्छ । यस्तो अवस्थामा मरौटीको धुलोमा मह मिसाएर तातो पानीसँग पिउँदा राहत हुन्छ ।

– यसमा हुने एक्टीब्याक्टेरियल गुणले घाउ पनि छिटो निको हुन्छ । त्यसले यसको लेप तयार गरेर घाउमा लगाउनुहोस् यसले घाउको भागमा सुन्निएको पनि कम हुन्छ ।

सावधानी

यदि तपाईंलाई मधुमेह, मृगौलासम्बन्धी रोग तथा एलर्जीको समस्या छ भने डाक्टरको सल्लाहबिना मरौटीको सेवन नगर्नुहोस् । साथमा यसलाई खानाले चिलाउने, पाचनसँग जोडिएको समस्या हुन सक्छ । यस्तोमा तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् ।