चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

काठमाडौँ । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको आज बिहान सांघाईमा निधन भएको छ । ६८ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार निधन भएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्युरोका स्थायी समितिका सदस्यसमेत रहेका ली पछिल्ला दिनहरूमा सांघाईमा आराम गरिरहेका थिए ।

चिनियाँ मिडियाहरूका अनुसार उनलाई बिहीबार अचानक हृदयाघात भएको थियो । उपचारका सबै उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति १२स्१० बजे उनलाई मृत घोषणा गरिएको थियो ।