महेन्द्रनगरमा सौर्यबत्ती जडान

महेन्द्रनगरमा सौर्यबत्ती जडान

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजार क्षेत्रमा सौर्यबत्ती जडान गरिएको छ । नगरपालिकाले ‘उज्यालो भीमदत्त’ कार्यक्रम अन्तर्गत २१ लाख रुपैयाँमा सौर्यबत्ती जडान गरेको हो ।

निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. दीपक प्रकाश भट्टको सांसद विकास कोषको १५ लाख तथा भीमदत्त नगरपालिकाको ६ लाख लगानी गरिएको उपभोक्ता समितिका अध्यक्ष जगदीश चन्द्र भट्टले जानकारी दिए । तर, सौर्यबत्ती जडान गर्दा आवश्यक स्थानमा नगरी बिजुली बत्ती रहेका स्थानमा गरिएको भन्दै स्थानीय असन्तुष्ट बनेका छन् ।