३० वर्ष कटेपछि पुरुषमा बढ्छन् यस्ता समस्या

३० वर्ष कटेपछि पुरुषमा बढ्छन् यस्ता समस्या

एजेन्सी । अहिले पुरुष होस् वा महिला सबैको जीवनशैली खराब हुँदै गइरहेको छ । सबै यति व्यस्त छन् कि स्वास्थ्यलाई ध्यान दिने समय समेत छैन ।

यस्तोमा आज हामी पुरुषको स्वास्थ्यबारे कुरा गर्नेछौं । अहिले पुरुषहरु त्यस्तो समस्याबाट पीडित देखिन्छन् जो सामान्य रुपमा ४० वा ५० वर्ष पार गर्दा हुने गर्थ्यो । आउनुहोस् जानौं ती समस्या के के हुन् ?

तालु खुइलिने

अहिले तालु खुइलिनका लागि कुनै पनि उमेर चाहिँदैन । कुनै पनि उमेरमा तालु खुइलिन सुरु हुन थाल्छ । विशेषगरी ३० को उमेरपछि त पुरुषमा तालु खुइलिने समस्या धेरै नै देखिन थालेको छ ।

बिग्रँदो जीवनशैली तथा खानपान र शरीरको राम्रोसँग रेखदेख नगर्नाले यस्तो भएको हो । साथमा शरीरमा प्रोटिन, आइरन, भिटामिनहरुको कमीले गर्दा पनि यस्तो हुने गर्छ ।

हड्डी कमजोर

सही खानपान नलिँदा पुरुष तथा महिला दुवैमा हड्डी कमजोर हुने समस्या आम हुँदै गइरहेको छ । यसबाट बच्न तौललाई नियन्त्रित राख्नुपर्दछ र दैनिक रुपमा पोषणयुक्त खानेकुराको सेवन गर्नुपर्दछ ।

मोटोपन

पुरुषहरुमा कसरत नगर्ने तथा मेटाबोलिज्म रेट स्लो हुनाले मोटोपनको समस्या बढ्न थालेको छ । यस्तोमा ३० वर्षको पुरुष पनि अगाडि निस्किएको पेटले गर्दा ५० वर्षको जस्तो देखिन थाल्छन् ।

मुटु सम्बन्धी रोग

३० को उमेरपछि पुरुषमा मुटुसँग जोडिएका रोगको खतरा पनि बढ्न थाल्छ । यदि तपाईं स्वस्थ जीवनशैली जिउनु हुँदैन भने कोलेस्ट्रोल लेभल बढ्छ । जसले गर्दा मुटु सम्बन्धी रोगको खतरा हुन थाल्छ ।

प्रोस्टेट क्यान्सर

अहिले ३० को उमेरपछि कयौं पुरुष प्रोस्टेट क्यान्सरको शिकार पनि हुने गर्छन् । यो रोगको कारणले गर्दा रातमा धेरै ट्वाइलेट जानु, पिसाब पोल्ने आदि समस्या हुन सक्छ । यदि तपाईंलाई यस्ता लक्षण छन् भने तुरुन्त डाक्टरलाई देखाउनुहोस् ।