अल्छीपना हटाउन र सफलता पाउन अपनाउनुहोस् यी उपाय

अल्छीपना हटाउन र सफलता पाउन अपनाउनुहोस् यी उपाय

काठमाडौं । धेरैचोटि हामी कुनै काम तत्काल नगरेर पछिका लागि टारिदिन्छौं अनि बिस्तारै यो हाम्रो बानी बन्दै जान्छ । यसले हामीलाई अल्छे बनाउँछ । 

यहाँ हामी केही उपाय बताउँछौं जसलाई अपनाउँदा तपाईंले आलस्य हटाउन सक्नुहुन्छ । 

१- बिस्तारै हिँड्ने बानी 
बिहान उठेर भ्रमण गर्नु स्वास्थ्यका लागि आवश्यक कुरा हो । दौडिन अल्छी लाग्छ भने शुरुमा बिस्तारै हिँड्नुस् । दश मिनेट मात्र हिँडे पुग्छ । यसो गर्दा तपाईंको क्षमता बढ्छ र आलस्य भाग्छ । 

२- ससाना ब्रेक 
लामो समयसम्म बसेर गर्ने काम छ भने केही समयको अन्तरालमा छोटाछोटा ब्रेक लिनुस् । उदाहरणका लागि ४५ मिनेटपछि पाँच मिनेट जतिको ब्रेक लिनुस् । यसबीचमा अलिकति टहल्नुस् । लगातार काम गर्दा थाकेर अल्छी लाग्छ ।

३- प्रेरक व्यक्तिसँग समय बिताउने
अल्छी लागेर दिमागमा नकारात्मक कुरा आएका बेलामा आफ्ना साथीहरूसँग समय बिताउनुस् । केही सिक्न पाइने र तपाईंलाई प्रेरणा मिल्ने मानिसको संगतमा समय बिताउनुस् । 

४- कामका बेलामा मोबाइल साइलेन्ट
आजकल मानिसहरू सामाजिक सञ्जालमा झुण्डिएर दिन बिताउँछन् । कामको समयमा पनि उनीहरू मोबाइलमा घरिघरि हेरिबस्छन् । यसो गर्दा काममा बाधा पुग्छ । काम गर्दा मोबाइलमा सामाजिक सञ्जाल बन्द गर्नुस् । ध्यान बाँडिदा पनि थकाइ लाग्छ । 

५- आफैंलाई मजबुत बनाउनुस्
अल्छीपना हटाउनका लागि अर्काले प्रेरित गरेर पुग्दैन । तपाईं आफैंले आफूलाई प्रेरित गर्नुपर्छ र मजबुत बनाउनुपर्छ ।