कपालमा प्याज र एलोवेरा लगाउनुका फाइदा

कपालमा प्याज र एलोवेरा लगाउनुका फाइदा

एजेन्सी । कपालमा प्याजको रस र एलोवेरा लगाउँदा कैयौं फाइदाहरु हुन्छन् । यसले कपाल बलियो हुनुका साथै चायाँ पनि कम हुन्छ । कपाल लामो र बाक्लो बनाउनका लागि पनि यो मिश्रण एकदमै लाभदायक सावित हुन्छ ।

आउनुहोस् यसका फाइदाका बारेमा जानौं ।

एलोवेरामा एन्टीइन्फ्लामेटरी, एन्टीफंगल, भिटामिन सी, भिटामिन बी ३ तथा फोलिक एसिड जस्ता पोषक तत्वहरु पाइन्छन् ।

स्काल्पमा जमेको फोहोरले गर्दा कैयौं समस्याहरु उत्पन्न हुन्छ । यस्तोमा कपालमा प्याजको रस र एलोवेरा मिसाएर लगाउँदा स्काल्प पूर्ण रुपमा सफा हुन्छ ।

प्याज र एलोवेराको रस एकसाथ मिसाएर लगाउँदा कपाल झर्ने तथा टुक्रिने समस्या पनि कम हुन्छ । यसमा भिटामिन बी१२ र फोलिक एसिड जस्ता तत्व हुन्छन् जसले कपाल झर्न कम गर्छ ।

कपालमा एलोवेरा जेल र प्याजको रस लगाउँदा कपालका जराहरु बलियो हुन्छन् जसले गर्दा कपाल बलियो बन्छ । यदी तपाईंको कपाल पनि कमजोर छन् र झर्ने समस्या छ भने यो मिश्रण अवश्य लगाउनुहोस् ।

यदी तपाईंको कपाल पातलो तथा ड्यामेज छ भने प्याजको रस र एलोवेरा जेल मिसाएर लगाउनु होस् । यसलाई लगाउँदा कपालका जरा बलियो हुन्छन् जसले कपाल पातलो हुन पनि कम हुन्छ ।

यो मिश्रण लगाउँदा स्काल्प सफा हुन्छ र रक्तसञ्चार पनि राम्रो हुन्छ जसले गर्दा कपालका विभिन्न समस्याहरु कम हुँदै जान्छन् । प्राकृतिक रुपमा नै कपाल बलियो हुँदै जान्छ ।

यो मिश्रण तयार पार्नका लागि तपाईं प्याजको रस र एलोवेराको जेल बराबर मात्रामा मिसाउनुहोस् । यसलाई कुनै तेलमा मिसाएर वा यत्तिकै कपालको जरा तथा सम्पूर्ण कपालमा लगाउनुहोस् । यसको मात्रा तपाईं कपालको लम्बाई अनुसार पनि तयार गर्न सक्नुहुन्छ ।