दैनिक अदुवा खाँदा स्वास्थ्यमा  के फाइदा हुन्छ ?

दैनिक अदुवा खाँदा स्वास्थ्यमा  के  फाइदा हुन्छ ?

एजेन्सी । के तपाईं हरेक दिन अदुवा खाने योजना बनाउँदै हुनुहुन्छ ? त्यसो भए हामी तपाईंलाई दैनिक अदुवा खाँदा स्वास्थ्यमा हुने धेरै फाइदाबारे जानकारी दिन्छौँ । आज हामी अदुवा सेवनले शरीरमा पुग्ने फाइदाको बारेमा चर्चा गर्दैछौँ ।

वाकवाकी कम गर्छ : के तपाईलाई बिहान प्रायः वाकवाकी लाग्दछ ? यदि यस्तो समस्या छ भने हरेक दिन अदुवाको सेवनले तपाईंको यो समस्या समाधान हुन्छ । दैनिक अदुवा खाँदा वाकवाकी चाँडै हट्छ । सुझाव: विशेष गरी गर्भवती महिलाहरू र केमोथेरापी गराइरहेका मानिसहरूले यसबाट फाइदा लिन सक्छन्।

एन्टी/इन्फ्लेमेटरी : अदुवामा पाइने इन्टी/इन्फ्लेमेटरी तत्वले शरीरमा हुने सुजनलाई छिटो कम गर्छ ।

मांसपेशी दुखाइ कम : के तपाईलाई मांसपेशी दुखाइ वा हात खुट्टा दुखाइ छ रुअदुवा खाँदा यसले राम्रो प्रभाव पार्न सक्छ। दैनिक अदुवाको सेवन गर्नाले बिस्तारै दुखाई कम हुन्छ ।

कब्जियतमा फाइदाजनक : दैनिक रूपमा अदुवा खाँदा तपाईंको आन्द्राको चालमा धेरै राम्रो हुन्छ। जसले खाना पचाउन मद्दत गर्छ र कब्जियत हुन दिँदैन ।

महिनावारीको दुखाइ: महिनावारी भएको समयमा धेरै महिला पेट दुख्ने समस्याले आजित छन् । त्यसो भए दैनिक अदुवा खानाले तपाईंलाई मद्दत गर्न सक्छ। अदुवा सेवनले तीव्र पेट दुखाइलाई कम गर्न मद्दत गर्दछ।

कोलेस्ट्रोल घटाउँछ : एक महिनासम्म हरेक दिन अदुवा खाँदा शरीरमा ‘खराब’ कोलेस्ट्रोल कम हुन्छ। अदुवामा पाइने तत्वले रगतमा ट्राइग्लिसराइड्सको मात्रा कम गर्छ ।

प्रतिरक्षा प्रणाली बढाउँछ : अदुवामा पाइने एन्टी(इन्फ्लेमेटरी गुणले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ। के तपाई पहिले नै चिसो वा भाइरसबाट ग्रसित हुनुहुन्छ? त्यसो हो भने अदुवाले तपाईंलाई छिटो रिकभर गर्न मद्दत गर्न सक्छ।