भारतीय नागरिक लागूऔषधसहित कैलालीबाट पक्राउ

भारतीय नागरिक लागूऔषधसहित कैलालीबाट पक्राउ

धनगढी । कैलालीको जिल्लाको टीकापुरबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन् । 

टीकापुर नगरपालिका वडा नम्बर ८ खक्रौलाबाट ५ ग्राम ४४० मिलिग्राम लागूऔषधसहित भारतको लखिमपुर खिरी तिकुनिया थाना ईन्द्रनगर बस्ने ३५ वर्षीय प्रेम सिंह पक्राउ परेका हुन् ।

मंगलबार प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी भारतीय नम्बर प्लेट यूपी ३१ बी वाइ २७२८ नम्बरको मोटरसाईकलसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।