कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

धनगढी । जिल्लाको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। 

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६, खैरेनापुल नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुपप्र ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गोदावरी नगरपालिका–४ का २६ वर्षीय राजु चौधरीको ज्यान गएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मंगलबार राति ज्यान गएकाे छ ।