मोटरसाइकल  दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाइकल  दुर्घटना हुँदा चालकको मृत्यु

दाङ । दाङमा गएराति जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

जिल्लाकोगढवा–राजपुर हुलाकी सडकखण्डअन्तर्गत राजपुर गाउँपालिका वडा नम्बर २ समयथान नजिक लु ३ च ३८५३ नम्बरको जीप र रा २ प ४९११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेला निवासी २४ वर्षीय श्रवणकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

मोटरसाइकलमा सवार राजपुर गाउँपालिका–२ की २६ वर्षीया सविना यादव भने घाइते भएका छन् । उनको लमही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए ।