डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा दार्चुलाका धामीको मृत्यु

डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा दार्चुलाका धामीको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो भीमदत्त राजमार्ग अन्तरगत आलिताल गाउँपालिका वडा नम्बर १ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको यूके ०६ बीसी २११२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ ऐरीछानाका अन्दाजी ५४ वर्षीय शम्भुसिंह धामीको मृत्यु भएको हो ।

नेपाल प्रहरीका पूर्व प्रहरी नायव निरीक्षक (सई) समेत रहेका धामीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।

अनियिन्त्रत भएको मोटरसाइकल विपरित दिशातर्फबाट आउँदै गरेको सुुपप्र ०१००१ च २९५५ नम्बरको कारमासमेत ठोक्किएको थियो । उक्त कार बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ का ३५ बर्षीय कृष्ण बिष्टले चलाईरहेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका धामीको टाउकोमा चोट लागेकोमा उनलाई उपचारका लागि धगगढीस्थित माया मेट्रो अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

कार चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।