धनगढीबाट घरेलु मदिरा बरामद

धनगढीबाट घरेलु मदिरा बरामद

धनगढी । धनगढीबाट प्रहरीले घरेलु मदिरा बरामद गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ बाट दुई हजार पाँच सय लिटर घरेलु मदिरा बरामद गरेर नष्ट गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्याल नेतृत्वको १५ जनाको टोलीले अवैध रुपमा बनाइएको घरेलु रक्सी बरामद गरेको बताइएको छ ।