सुख्खडबाट नगद सहित जुवाडे पक्राउ

सुख्खडबाट नगद सहित जुवाडे पक्राउ

धनगढी । कैलाली जिल्लाको सुख्खडबाट नगद सहित सात जना जुवाडे पक्राउ परेका छन् । 

जिल्लाको घोडाघोडी नगरपालिका वडा नमबर १ सुख्खडका ३४ वर्षीय विकास पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेलसहित ७ जनालाई मङ्गलवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनीहरूलाई नगद ५८ हजार ४ सय ७० रुपैयाँ र ७ गड्डी ताससहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय, सुखडका अनुसार ५८ हजार रकमसहित ७ जुवाडेलाई नियन्त्रणमा लिएको हो।