बास्कोटा सामुदायिक वन उपभोक्ता समूहले गाईगोरु संरक्षण केन्द्र निर्माण गरिँदै

बास्कोटा सामुदायिक वन उपभोक्ता समूहले गाईगोरु संरक्षण केन्द्र निर्माण गरिँदै

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा रहेको बास्कोटा सामुदायिक वन उपभोक्ता समूहले गाईगोरु संरक्षण केन्द्र निर्माण गरिरहेको छ ।

वन उपभोक्ता समूहकी संयोजक कृष्णा जोशीले छाडा पशुचौपाया व्यवस्थापनका लागि गाईगोरु संरक्षण केन्द्र निर्माण थालिएको बताइन् । 

उनका अनुसार केन्द्रका लागि जग्गा छुट्याएर घेरबार र ग्राभेल गरिएको छ । भवन निर्माण कार्य भने तिहार पछि हुनेछ ।