पर्यटकीय स्थल खप्तड र मिनि खप्तड जोड्ने सडकको मर्मत कार्य सकियो

पर्यटकीय स्थल खप्तड र मिनि खप्तड जोड्ने सडकको मर्मत कार्य सकियो

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढि–ओखरबोट जोड्ने सडकको मर्मतकार्य सकिएको छ ।

सिएबी कन्ट्रक्सन प्रा.लिले उक्त सडक कालोपत्रे गरी प्रमुख धार्मिक पर्यटकीय स्थल खप्तड र मिनि खप्तड जोड्ने सिलगढि–ओखरबोट बगलेक झिग्राना सडक मर्मत कार्य सकेको हो ।

पुर्वाधार विकास कार्यालय डडेल्धुरालाइ असाढमा सडक हस्तान्तरण गरेको थियो तर बर्खायाममा सडकका ठाउँ ठाउँमा खाल्डा खुल्डी र पहिरो गएको थियो । सो क्षेत्रमा पहिरो सफा गर्ने, खाल्डा खुल्डी पुर्ने काम र कालोपत्रमा भत्किएको सडक मर्मत सम्भार असोजमा १ महिना लगाएर १५ किलोमिटर सडक मर्मत गरेको सिएबी कन्ट्रक्सन प्रा.लि.का साइड इन्चार्ज भानबहादुर बोहराले जानकारी दिए ।

सिलगढि–ओखरबोट बगलेक झिग्राना सडकले पर्यटकलाइ मात्र नभएर डोटी जिल्लाको पुर्विचौकी गाउँपालिका र सायल गाउँपालिकाका बासिन्दालाई राहत पु¥याएको छ ।

सडकले मर्मत हुँदा आन्तरीक तथा बाह्य पर्यटकहरुलाई सहज हुनुका साथै स्थानियहरुलाई पनि आवतजावत गर्दा जोखिम पुर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

सदरमुकाम सिलगढीबाट सडक कालोपत्रे भएको हुँदा अब सहजै जान सकिने पर्यटकको रोजाइमा परेको रमणीय स्थल मिनी खप्तड बगलेकमा दैनिक घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक पनि बढेका छन् ।

उक्त पर्यटकीय सडक डोटीको सिलगढीबाट सबैभन्दा छोटो दूरीमा पर्छ ।