बैतडीमा एक जना मृत अवस्थामा फेला

बैतडीमा एक जना मृत अवस्थामा फेला

बैतडी । बैतडीमा एक जना गोठभित्र मृत अवस्थामा फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ सुन्दरखालीका २३ बर्षीय चक्रराम लावड गोठभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आज बुधबार बिहान लावड झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

दशरथचन्द नगरपालिका वडा नम्बर २ सुन्दरखाली घर भएका उनी दशरथचन्द नगरपालिका वडा नम्बर २ कै थलालगाउँका स्थानीय दानसिंह थलालको गोठमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

बालुवा राखेको गोठमा उनी मृत अवस्थामा परेको प्रहरीले जनाएको छ। सुन्दरखालीबाट उनी थलालगाउँ किन गए भन्ने कुरा खुलेको छैन्। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।

मृत फेला परेका लावड यसअघि पनि गाउँगाउँमा डुलिरहने गर्दथे। साथै घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।