रिगलविरुद्धको मुद्दामा बिहीबार निर्णय सुनाउने

रिगलविरुद्धको मुद्दामा बिहीबार निर्णय सुनाउने

काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धको मुद्दामा निर्णय सुनाउने भएको छ ।

सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्द्रप्रसाद घिमिरेले जानकारी दिए । 

संविधान दिवसका अवसरमा गत असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैद मिनाहा गर्नुभएको थियो ।

रिगल बाँकेकै चेतन मानन्धरको हत्यामा दोषी ठहर भई जेल चलान भएका थिए । रिगलले आममाफी पाएपछि चेतनकी श्रीमती भारती शेर्पाले सर्वोच्चमा रिट निवेदन दिएका थिए।