पीपली मसला जसले खोकी गर्छ चट

पीपली मसला जसले खोकी गर्छ चट

एजेन्सी । अहिले बदलिँदो मौसमले गर्दा बच्चादेखि बुढासम्मलाई खोकीको समस्या एकदमै धेरै भइरहेको पाइन्छ । यदी तपाईं पनि यस समस्याबाट छुट्कारा पाउन चाहनुहुन्छ भने पीपली नामको मसलाको सहारा लिन सक्नुहुन्छ । पीपलीमा प्रोटिन, एन्टीइन्फ्लामेटरी गुण, आदि जस्ता पोषक तत्वहरु पाइन्छन् । 

पीपली एउटा गरम मसला हो । यानिकी यो मसलाको सेवनले शरीरमा गर्मी ल्याउँछ । यदी तपाईंलाई रुघाखोकीको समस्या छ भने पीपलीको धुलोको सेवन गर्न सक्नुहुन्छ । एक चिम्टी पीपलीको पाउडरलाई महमा मिसाएर खाँदा खोकी ठिक हुन्छ ।

सुख्खा खोकी लागिरहेको छ भने पीपलीको धुलोमा मह मिसाएर मनतातो पानीसँग खानुहोस् । तपाईंले तीन देखि पाँच दिनभित्र खोकीबाट राहत पाउनुहुनेछ । कफ सहितको खोकी छ भने पनि मनतातो पानीमा पीपलीको धुलो, बेसार, सुकेको अदुवा तथा मह मिसाएर पिउन सक्नुहुन्छ । साथमा यस्तो सामग्री मिसाएर चिया तयार गरेर पनि पिउन सकिन्छ ।

रुघाखोकीसँगै अन्य समस्याहरुमा पनि पीपलीको सेवन गर्न सकिन्छ । जस्तै अपच, ग्यास, एसिडिटी जस्ता पेटसँग जोडिएको समस्याहरुबाट बच्नका लागि पनि तपाईं पीपलीको चिया बनाएर पिउन सक्नुहुन्छ । यसमा हुने पोषक तत्वहरु तथा मिनरल्सहरु पेटका लागि फाइदाजनक हुने गर्छ ।

जे व्यक्तिलाई निद्रा नआउने समस्या हुन्छ, उनीहरुका लागि पीपलीको सेवन पनि एकदमै फाइदाजनक हुन्छ । यसका लागि तपाईं रातमा सुत्नुअघि एक चिम्टी पीपली पाउडरलाई महमा मिसाएर खान सक्नुहुन्छ । त्यस्तै मोटोपन कम गर्न पनि यसको धुलो एकदमै काम लाग्छ । यसका लागि तपाईं पीपली पाउडरमा दैनिक बिहान साँझ मह मिसाएर खाने गर्नुहोस् ।