डेटिङमा लगेकी गर्लफ्रेण्डले १७ हजारको अचार खाएर भागिन्

डेटिङमा लगेकी गर्लफ्रेण्डले १७ हजारको अचार खाएर भागिन्

अहिलेको जमाना अनलाइन डेटिङको हो जसमा मानिसहरु तस्वीरमै एक अर्कालाई मन पराएर चिनापरिचय गर्छन् र सीधै खास कुरामा प्रवेश गर्छन् । यद्यपि यो अनलाइन डेटिङ कहिलेकाही निकै खतरनाक सावित हुनसक्छ । किनकि मानिसहरु एक अर्कालाई राम्रोसँग बुझेकै हुँदैनन् र पहिलो पटक भेटघाट हुँदा नै हैरान बन्दछन् ।

जाकिर नामका एकजना युवकले पनि यस्तै परिस्थितिको सामना गर्नुपरेको छ । टिकटकमा उनले सुनाएको आफ्नो कहानीले धेरै मानिसलाई तिनछक बनाएको छ ।

टिकटकमा राखेको उनको भिडियोमा जाकिरले डेटिङ एप बम्बलमा सिड्नी नामकी एक महिलासँग चिनजान भएको र फोनमा धेरै कुराकानीपछि भेट्ने निर्णय गरेको उल्लेख गरेका छन् । तर पहिलो भेटमै आफू हैरान भएको भन्दै उनले डेटिङ साइटमा राखेको महिलाको तस्वीरसँग उनको वास्तविक अनुहार १० प्रतिशत पनि नमिलेको अर्थात् इन्टरनेटमा उनले अत्यधिक फिल्टरयुक्त तस्वीर राखेको उनको भनाइ छ ।

कुराकानीका क्रममा ती महिलाले आफ्ना बच्चा नरहेको दाबी गरेकी भए पनि उनको इन्स्टाग्रामबाट भने उनी बच्चाकी आमा रहेको पुष्टि भएको पनि जाकिरले बताएका छन् ।

उनले भनेका छन्, ‘यहाँसम्म त ठिकै थियो तर मेरो टाउको त तब फनफनी घुम्यो जब हामीले डेटिंगका क्रममा रेष्टुरेन्टमा खाना खान गयौं । त्यहाँ खानासँगै उनले ५३ वटा फ्राइड अचार समेत खाइन् । वेटरले ६र६ वटा फ्राइड पिकल ल्याउँदै गयो र उनले खाँदै गइन् ।

वेटरले थोरैथोरै अचार ल्याइरहँदा उनले हकार्दै एकैपल्टमा प्लेटमा धेरै अचार ल्याउन भनेकी थिइन् । मलाई त्यो घटनाले निकै शर्मनाक महसुस भयो । तर अनौठो त के भने उनी त्यति खाएसँगै त्यहाँबाट भगिन् ।

घटनाका बारेमा जागिर भन्छन्, ‘त्यसपछि त हद नै भयो । म एकछिनका लागि वासरुम गएँ र जब फिर्ता आएँ तबसम्म उनी त सबै बिल मेरो लागि छाडेर भागिसकेकी थिइन् । र, मैले उनले खाएको त्यतिधेरै अचारको कुल १४० डलर तिर्नुपर्‍यो ।’