यी योगासनले अस्टियोपोरोसिसबाट दिन्छन् राहत

यी योगासनले अस्टियोपोरोसिसबाट दिन्छन् राहत

एजेन्सी । तपाईंले दैनिक रुपमा बिहान उठेर योग अवश्य गर्नुपर्दछ । यसो गर्नाले तपाईं विभिन्न रोगबाट बच्न सक्नुहुन्छ ।

आज जानौं अस्टियोपोरोसिस यानिकी अस्ती रोगबाट राहत पाउन तपाईंले कुन कुन योगासन गर्नुपर्ने हुन्छ रु

नियमित रुपमा सुखासनको अभ्यासले अस्टीयोपोरोसिसबाट आराम पाइन्छ । यसले तपाईंको शरीरको पोश्चर सही पनि हुन्छ । साथमा यसले तपाईंलाई मानसिक रुपमा पनि शान्ति दिन्छ ।

पादहस्तासन

हड्डीसँग जोडिएका रोग टाढा राख्नका लागि तपाईं दैनिक रुपमा पादहस्तासनको अभ्यास गर्नुहोस् । यसले ढाड, हिप्स, तिघ्रा तथा घुँडा बलियो बनाउँछ ।

शवासन

शवासन एकदमै सजिलो योगासन हो । यसलाई गर्नाले आस्टियोपोरोसिसको समस्या भएका व्यक्तिलाई फाइदा हुन्छ । यसलाई गर्नाले अल्छीपना तथा थकान कम हुन्छ ।

वृक्षासन

दैनिक वृक्षासनको अभ्यास गर्नाले साइटिका र अस्ती रोग जस्तो समस्याबाट आराम पाउन सकिन्छ । साथमा यसले शरीरको सन्तुलनलाई सही राख्न पनि सहयोग गर्छ ।

त्रिकोणासन

यसलाई ट्रायंगल पोज पनि भनिन्छ । आस्टियोपोरोसिस रोगीका लागि त्रिकोणासन गर्दा एकदमै धेरै लाभ पाइन्छ । यसले शरीर लचिलो बनाउँछ । साथमा त्रिकोणासन गर्नाले मेटाबोलिज्म पनि बुस्ट हुन्छ ।

वीरभद्रासन

वीरभद्रासन गर्नाले अस्ती रोगमा लाभ पाउन सकिन्छ । यसबाहेक यसले शरीरको पोश्चरलाई पनि सही राख्न सहयोग गर्छ । यसले रिढको हड्डी सिधा रहन्छ र शरीरमा रक्तसञ्चार पनि राम्रोसँग हुन्छ ।