पहेंलो बेसारले यसरी बनाउँछ सेतो दाँत

पहेंलो बेसारले यसरी बनाउँछ सेतो दाँत

एजेन्सी । अनुहारमा राम्रो मुस्कानका लागि दाँत सफा हुन जरुरी हुन्छ । हरेक दिन ब्रस गर्दा पनि कयौं पटक दाँतको पहेंलो तथा फोहोर जाँदैन । यस्तोमा बेसारको प्रयोग गरेर तपाईंले दाँत चम्काउन सक्नुहुन्छ ।

दाँतको पहेंलो कम गर्न सबैभन्दा पहिला शुद्ध बेसारको धुलोलाई नरिवलको पानीमा मिसाउनुहोस् । अब यस पेस्टलाई केहीबेर दाँतमा लगाएर राख्नुहोस् । लगभग ३ देखि ५ मिनेट पेस्ट लगाएपछि दाँत सफा गर्नुहोस् । यो प्रक्रियालाई केही दिनसम्म दोहोर्‍याउँदा राम्रो नतिजा आउन थाल्छ ।

त्यस्तै दाँत चम्काउन कचौरामा एक चिम्टी शुद्ध बेसारको धुलो राख्नुहोस् । अब यसमा थोरै नुन मिसाउनुहोस् । नुन र बेसारको पेस्टमा टुथब्रसलाई डुबाउनुहोस् र हल्का हातले यसलाई दाँतमा घोट्नुहोस् । त्यसपछि सामान्य पानीले मुखलाई राम्रोसँग धुनुहोस् ।

बेसारको पेस्टले दाँतलाई सफा गरेपछि मञ्जनको सहयोगले एकपटक फेरि आफ्ना दाँतलाई ब्रसले सफा गर्नुहोस् । यसले धेरै हदसम्म दाँतको पहेँलो जान्छ ।

यसरी नै अर्को उपाय भनेको दाँतमा बेसारको धुलोमा तोरीको तेल मिसाएर लगाउने हो । बेसारको धुलो तोरीको तेलमा मिसाएर औंलाको सहयोगले दाँत घोट्नुहोस् । यसरी पनि पहेंलो दाँतलाई सेतो बनाउन सकिन्छ ।