सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँ घट्यो

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँ घट्यो

काठमाण्डौ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेको छ ।

हिजो तोलाको १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १५ हजार चार सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी भने हिजोको जस्तै तोलाको एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।