पिपुल च्वाइस अवार्डका लागि पाँच खेलाडी मनोनित

पिपुल च्वाइस अवार्डका लागि पाँच खेलाडी मनोनित

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने बजाज पल्सर स्पोर्टस् अवार्ड पिपुल्स च्वाइस अवार्ड विधाका खेलाडीहरु सार्वजनिक गरेको छ । आइतबार आयोजक एनएसजेएफले पिपुल च्वाइस अवार्डका लागि वर्षका चर्चित पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । 

अवार्डका लागि क्रिकेटका सन्दीप लामिछाने, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी, ब्याटमिन्टनका प्रिन्स दाहाल र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनित हुने खेलाडीहरुमा परेका छन् । मनोनयनमा परेका खेलाडीको छनोट एसएमएस भोटिङ र फेसबुक लाइकको मतभार ५० प्रतिशत, ५० प्रतिसत एनएसजेएफका पत्रकारको भोट र संघका मुख्य प्रशिक्षकको मतको आधारमा गनिने छ ।

एसएमएसबाट सन्दीपलाई भोट गर्न Pulsar <space> SL लेखेर, सावित्रालाई भोट गर्न Pulsar <space> SL लेखेर, रेश्मालाई Pulsar <space> SL, प्रिन्सका लागि Pulsar <space> SL लेखेर, महेश्वरका लागि Pulsar <space> SL टाइप गरी ३७७२२ मा पठाउन सकिने छ ।

यसअघि ९ विधामा अवार्ड प्रदान गरिँदै आएपनि यसपटक इन्टरनेशनल एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड थप गरिएको हो । विगतका वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी पुराना खेलाडी, प्रशिक्षक र पुराना खेलकुदकर्मीलाई अवार्ड उपलब्ध गराइने छ ।

वर्ष उत्कृष्ट खेलाडी महिला र पुरुष, प्रशिक्षक र पिपल्स च्वाइसको विजेताले बजाज मोटरसाइकल पुरस्कार पाउनेछन् । अन्य विधाका विजेतालाई ५० हजार पुरस्कार प्रदान गरिनेछ । विजेताको घोषणा आगामी असार १७ गते आयोजना हुने पल्सर स्पोर्ट्स अवार्डको अवसरमा गरिनेछ ।