पाइल्सको अचुक औषधि मुला

पाइल्सको अचुक औषधि मुला

एजेन्सी । पाइल्स रोकथाममा मुला भन्दा उत्तम विकल्प अरु केही हुँदैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्छ । यसको सबैभन्दा ठूलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाइल्ससम्बन्धी समस्या बढ्दा पनि बढ्दैन ।

पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महसुस हुने गर्दछ । पाइल्सको समस्याले तपाईं हरेक समय विभिन्न औषधीको प्रयोग गर्नुभन्दा एकपटक प्राकृतिक उपाय अपनाउन पनि सक्नुहुन्छ ।

यसको सबैभन्दा ठूलो कारण हो मुलामा डाइट्री फाइबर पाइने गर्दछ । यसले स्टुललाई मुलायम गर्न सहयोग गर्छ ।
यसबाट पाचन प्रक्रिया पनि राम्रो हुन्छ । मुलामा कयौं यस्ता तत्व पाइन्छ, जुन पाइल्स भएपछि हुने पीडा कम गर्न सहयोगसिद्ध हुन्छ ।

यसका साथै मुलाले चिसो बनाउने काम पनि गर्दछ, जसबाट जलनमा पनि राहत प्राप्त हुन्छ । पाइल्स रोगीले काँचो मुला सेवन गर्नु उपयुक्त हुन्छ । तपाईं चाहनुहुन्छ भने यसलाई पिसेर पनि सेवन गर्न सक्नुहुन्छ ।

अझ तपाईं मुलाको रस निकालेर पनि पिउन सक्नुहुन्छ । मुलाको रस सेवन गर्दा भने एकपटक चिकित्सकको सल्लाह अवश्य लिनुहोस् । तपाईं मुलाको प्रयोग संक्रमित स्थानमा जलन शान्त पार्न लगाउन पनि सक्नुहुन्छ ।