दार्चुलाको मार्मा गाउँपालिकाले भूकम्प पिडीतलाई आर्थिक सहयोग गर्ने

दार्चुलाको मार्मा गाउँपालिकाले भूकम्प पिडीतलाई आर्थिक सहयोग गर्ने

दार्चुला । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा प्रभावितहरूको लागि जिल्लाको मार्मा गाउँपालिकाले पिडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

गाउँपालिका अध्यक्ष जमनसिंह धामीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले गाउँपालिकाको तर्फबाट १ लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको हो ।

भूकम्प पिडीतहरुका लागि केही राहत पुगोस् भन्ने उदेश्यले आर्थिक सहयोगको निर्णय गरेको वडा नम्बर ५ का वडाध्यक्ष सुरेन्द्र महताले जानकारी दिए ।

यस्तै, गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा यथाशक्य चाँडो जुट्न आग्रह गरेको छ ।