प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत


सुदूर पश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभामा आइतबार प्रदेश सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । 
प्रदेश प्रमुखले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सार्वजनिक निजि र सहकारी क्षेत्रलाई प्रदेशको समृद्धिको संवाहकका रुपमा लिइने उल्लेख छ । मानव विकास सूचकांकमा पछाडि रहेको बाजुरासहित का जिल्लामा बजेट बिनियोजन गर्दा प्राथमिकतामा राखिने समेत उल्लेख छ । आइबार प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेश योजना आयोग र प्रदेश लगानी बोर्ड गठन गर्न आवश्यक कानूनको तर्जुमा गरिने जनाइएको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रम मार्फत तीन बर्ष भित्र प्रदेशलाई पूर्ण साक्षर प्रदेश बनाइने महत्वाकांक्षी कार्यक्रम घोषणा गरेको छ । यस्तै प्रदेश प्रज्ञा प्रतिष्ठान गडन गरिने र प्रादेशिक प्राविधिक विश्वविद्यालयको अध्ययन गरिने पनि घोषणा गरिएको छ । 
कृषिलाई ब्उवसायिक बनाउन हरेक घरमा एक जना तालिम प्राप्त ब्उक्रि हरने गरी कार्यक्रम संचालन गरिने र नमुना कृषि गाउँ आफै बनाऔं कार्यक्रम संचालन गरिने कुरा नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रदेश राजधानीका लागि पूर्वाधार विकासका कार्यक्रम शुरु गरिने, धनगढीको फप्लामा अन्तर्राष्ट्रियस्तर क्रिकेट रंगशाला बनाइने, प्रदेश स्पोर्टस एकेडेमीको सम्भाब्यता अध्ययन गरिने, सडक सुरक्षा कार्यक्रम तथा प्रदेश बस सेवा सांलन का लागि प्रदेश यातायात प्राधिकरण गठन गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ । 
प्रदेश प्रमुख मल्लले नीति  तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशको सुरक्षालाई बलियो बनाउन आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सुरक्षा नियन्त्रण कक्षाको स्थापना गरिने घोषणा गर्नुभयो । 

नीति तथा कार्यक्रम माथि प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दलका नेता डा. रण बहादुर रावलले परम्परागत रुपमा नीति तथा कार्यक्रम आएको टिप्पणी गर्नुभयो । उहाँले सबैलाई खुशी पार्ने गरी नीति तथा कार्यक्रम तय गरिएकोले आगामी आर्थिक बर्षको बजेट समेत बितरणमुखी हुने सम्भावना अधिक रहेको बताउनुभयो । 

उता सत्तापक्षीय सासंद पूर्णा जोशीले महिला सुरक्षाको करा नीति तथा कार्यक्रममा थोरै मात्र समेटिएकोले आगामी आर्थिक बर्षको बजेटमा कार्यक्रमका रुपमा महिला लक्षित कार्यक्रम आउने आफ्नो अपेक्षा रहेको बताउनुभयो । 

आगामी आर्थिक बर्षको नीति तथ कार्यक्रम गर्ने क्रममा प्रदेश सरकारले चालू आर्थिक बर्षका कार्यक्रम र तिनका उपलब्धी सुनाउन झण्डै २० मिनेट समय खर्चेको थियो ।