गाजाको मध्यभाग इजरायलको कब्जामा आइसकेको दाबी

गाजाको मध्यभाग इजरायलको कब्जामा आइसकेको दाबी

इजरायलले गाजाको मध्यभागमा आफना सेना तैनाथ भइसकेको दाबी गरेको छ ।

इजरायली रक्षामन्त्री योभ गालान्टले आफना सेना गाजाको मध्यभागमा पुगेको दाबी गर्दै सेनाले स्थल, हवाइ र समुद्री क्षेत्रबाट आक्रमण जारी राखेको दाबी गरेको छ ।

हमासको मुख्य गढ कब्जामा लिएको दाबी गरेको इजरायली सेनाले यसअघि गाजाको दक्षिण भागमा रहेको खान युनिस,रफाह र देइर अल बालाहमा हवाइ आक्रमण गर्दा दर्जनौको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले इजरायल र हमासबीचको युद्धमा मृत्यु हुनेको संख्या यकिन गर्न गाहे भएको भन्दै दिनदिनै दर्जनौको मृत्यु हुने गरेको स्पष्ट पारेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्धको युद्ध समाप्त भएपछि गाजामाथि अनिश्चितकालीन नियन्त्रण राख्ने दाबी गर्नुभएको छ ।