आज पनि हावाहुरीसहित पानी पर्ने

आज पनि हावाहुरीसहित पानी पर्ने

देशैभरिको मौसम आंशिकदेखि सामान्य बदली रही आज पनि केहि ठाउँमा हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने भएको छ।  जल तथा मौसिम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद मन्जु बासिका अनुसार आज देशैभरको मौसम बदली भई दिउँसो र बेलुकीपख पानी पर्नेछ।

अहिलेको मौसम भने सामान्य बदली भई मध्य भेगका एक दुइ ठाउँमा पानी परेको छ। अन्य भेगको मौसम समान्यदेखि आंसिक बदली रहेको बदली रहेको मौसमविद बासीले बताइन्।